काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से २६.०२ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ८२ लाख १७ हजार ९० बराबरको सेयर कारोबार भएको छ ।
यसपछि न्याग्दी ग्रुप पावर कम्पनी, फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ०८८ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्