काठमाडौं । युनियन लाइफ इस्न्योरेन्सको नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २१.४८% ले घटेर १३ करोड रुपैयाँमा सिमित भएको हो । अघिल्लो वर्ष कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ९७ पैसाले घटेर ६ रुपैयाँ ०६ पैसा (वार्षिक) मा झरेको छ भने प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ७३ पैसा छ । यता कम्पनीको जीवन बिमा कोषको आकार भने ७५.३१% ले बढेर ७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क ४५.४२% ले बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । अहिले यसको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ र जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्