×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीको नाफा ४ करोड ६० लाख ८२ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो। अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कम्पनीले ४ करोड १४ लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २७.५२% ले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १० करोड ५४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।अन्य स्रोतबाट हुने आम्दानी पनि १२५२.६२% ले बढेर ३ करोड ६१ लाख १५ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: