काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २७औं वार्षिक साधारणसभा श्रावण ३१ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । साथै कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी पनि दिइएको थियो ।
कम्पनी स्थापना भएको २८औं वर्षमा कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लब (Billion Club)मा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढीले वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त सफलतप्रति सम्पूर्ण सेयरधनीहरुले हर्ष व्यक्त गर्दै संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।
सोहि सभामा कुल बीमाशुल्क आम्दानी ६९ करोड ८९ लाख ३ हजार ९ सय ८३ रुपैयाँ ८२ पैसा आर्जन भएको र कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाखमा २४० प्रतिशतले वृद्धि गरी १ अर्ब २ करोड ८१ लाख ६० हजार भएको कम्पनीले जनाएको छ । साथै कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को लागि बाह्य लेखापरीक्षक एम.जि.एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न सेयरधनीहरुले कम्पनीको व्यवस्थापनलाई सुझाव दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्