×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्त वित्तीय संस्था १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने, इक्राले दियो ‘डबल बि माइनस’ रेटिङ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपकार लघुवित्त वित्तीय संस्था १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने, इक्राले दियो ‘डबल बि माइनस’ रेटिङ

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । उपकारले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओको निष्कासन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरेकी छिन् ।
अब नियामक धितोपत्र बोर्डमा अब आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिई स्वीकृतीपछि मात्र सर्वसाधारणमा आईपीओ जारी हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी ५ करोड ४६ लाख पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: