×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सद्धारा सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इन-हाउस मार्केटिङ ट्रेनिङबारे प्रशिक्षण प्रदान

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

अजोड इन्स्योरेन्सद्धारा सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इन-हाउस मार्केटिङ ट्रेनिङबारे प्रशिक्षण प्रदान

काडमाडौं । अजोड इन्स्योरेन्सले भदौ २० र २१ गते प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई In-house marketing training काठमाडौंमा सम्पन्न गरेको छ । उक्त तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको थियो । सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न उयचतायष्यि को वारेमा प्रशिक्षण प्रदान गरेका थिए

कम्पनीको भर्चुअल माध्यमबाट आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गरेका थिए । उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन्। कम्पनीको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिकाको वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तैगरि कम्पनीका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए । कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: