×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीद्वारा भदौ २५ गते १८औं वार्षिक साधारणसभा आह्वान, बोनससहित हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अपि पावर कम्पनीद्वारा भदौ २५ गते १८औं वार्षिक साधारणसभा आह्वान, बोनससहित हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस हुने

Artha Sarokar

१८ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपि पावर कम्पनीले आफ्नो १८औं वार्षिक साधारणसभा भदौ २५ गते बोलाएको छ । सभा कम्पनीले प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा बिहान ११ बजे सुरु बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०.५% बोनस वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
बोनस सेयर करको लागि ०.५५% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । साथै बोनस बितरणपश्चात कायम चुक्ता पूँजीबाट ३९% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ । कम्पनीको बोनस र हकप्रद पश्चात चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नेलगायतका एजेन्डा पनि छ ।
सभाका लागि अपिले भदौ १८ देखि २४ गते मंगलबारसम्म बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले सो बोनस पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी