×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

Artha Sarokar

१८ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा अपि पावरको १०.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ५२९ रुपैयाँका आधारमा भाउ समायोजन गरिएको हो । यसआधारमा अब अपिको आइतबार पहिलो कारोबार यही ४७८ रुपैयाँ ७३ पैसालाई आधार मानेर खुल्नेछ ।

यस्तै ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ९६९ रुपैयाँका आधारमा भाउ समायोजन गरिएको हो । यसआधारमा अब ङादीको आइतबार पहिलो कारोबार यही ८०७ रुपैयाँ ५० पैसालाई आधार मानेर खुल्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी