काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेश संसद बैठकमा पेस गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेर अध्यादेश पेश गरेका हुन् ।
त्यसअघि भने सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए । सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोध रहेको समयमा आफूले प्रस्ताव पेश नगर्ने बताए । यता सभामुख सापकोटाले बजेट सम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएकोसमेत घोषणा गरेका छन् ।