काठमाडौं । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन् । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।
‘अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता पुनः अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था गरेकोमा सम्पूर्ण दीर्घरोगीहरूको तर्फबाट एकमुस्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकाना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा भनिएको छ । धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौला पीडितलगायतको साथमा सधैँ रहेको बताएका छन् । सरकारले डायलासिस गरिरहेका मिर्गौला पीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्दै मन्त्री शर्माले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिएका छन् ।
‘हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ’, मन्त्री शर्माले भने, ‘प्रत्यारोपण (मिर्गौला) मात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।’ धन्यवाद पत्र ज्ञापन गर्ने क्रममा मिर्गौला पीडित सरोकार समाजले स्वास्थ्य बीमालाई १ लाखबाट २ लाख, दीर्घरोगीका सन्तानलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायतका मागसमेत राखेको थियो । अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै क्यान्सर, मिर्गौला पीडित, स्पाइनल कर्ड इन्ज्यूरीलगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्