×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको साधारणसभा शनिबार हुँदै, १७% बोनशपश्चात शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेली पावरको साधारणसभा शनिबार हुँदै, १७% बोनशपश्चात शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिने

Artha Sarokar

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण काबेली पावरको वार्षिक साधारणसभा भोलि (शनिबार) हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय ट्रेड टावर थापाथलीमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा कम्पनीले १७.८९% लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनको लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ । बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको लागि स्वीकृत दिने प्रस्ताव सभामा लगिने भएको छ ।
कम्पनीले सभा र लाभांशको लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार भदौ १४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी