काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा भाद्र २६ गते शनिबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त साधारणसभा बिहान ११ बजेदेखि सुरु भएको हो । कम्पनीको ११औं बार्षिक साधारणसभामा कम्पनीको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७७/०७८ को लेखा परिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को लागि जि.पौडेल एण्ड एसोसियटलाई वाह्रय लेखापरिक्षक नियुक्त गरेको छ । ११औं वार्षिक साधारणसभाले कम्पनीको हालसम्मको संञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशतका दरले नगद लाभांश गरी कुल १७.८९ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने पूँजी कम्पनीले बैंकबाट लिएको परियोजना कर्जाको सावाँ भुक्तानी गर्ने कार्यमा उपयोग गर्नेछ । यसपछि कम्पनीका सेयरधनीहरुले प्राप्त गर्नु हुने लाभांशमा ठुलो वृद्धि हुनेछ । कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाबीच भई बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाको निर्माणका लागि मिति २०६९ आषाढ २९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता भएको थियो ।
यो आयोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति भई मिति २०७६ कार्तिक २३ गतेलाई परियोजनाको व्यापारिक उत्पादन मिति (COD) तोकि उत्पादित विद्युत नियमित बिक्री भईरहेको छ । यो परियोजना सञ्चालनमा आएको दोश्रो वर्ष पूरा भएको छ । यो आर्थिक वर्षमा आयोजनाले १३.२३ करोड किलोवाटघण्टा विद्युत उत्पादन गरी सोको बिक्रीवाट ७०.६७ करोड आम्दानी गरेको छ । यो रकम कम्पनीको वार्षिक लक्ष्यको ९४ प्रतिशत हो । साथै आगामी वर्ष कम्पनीले नयाँ जलविद्युत आयोजनाहरु निर्माण गर्ने तथा व्यवसायिक कृषि परियोजना संचालन गर्ने उद्देश्य लिई कार्य गरिरहेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई आगामी वर्ष अझ बढी दरले लाभांश उपलव्ध गराउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्