×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडद्धारा नयाँ योजना सार्वजनिक, कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता पाईने

GLOBAL IME BANK
SHREE KESH

बैंक अफ काठमाण्डू लिमिटेडद्धारा नयाँ योजना सार्वजनिक, कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता पाईने

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० सम्मको नगदफिर्ता पाउनेछन् ।

ग्राहकहरुले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ (BOK Smart) कोमार्फत QR Code स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत eComm (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ । यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गतेदेखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताहरुले कारोबार गरेकोे मूल्यको २५ प्रतिशत वा ५०० सम्मको नगदफिर्ता कारोबार गरेकोे पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । नेपालीहरुको महान चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सम्पूर्ण ग्राहकहरुमा बैंकले शुभकामना व्यक्त गरेको छ । साथै चाडपर्वहरु हर्ष उल्लासको साथ घरै बसि सुरक्षित तवर मनाउन अनुरोध पनि गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: