काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (QR Code) विस्तारित गर्नेक्रममा ब्रिटिश कलेज, काठमाडौंमा डिजिटल भुक्तानी (QR Code) सेवा संचालनमा ल्याएको छ ।
ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्नेछन् । यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले महानुभावहरुले उक्त स्थानहरुमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्