काठमाडौं । बैंक अफ काठमाण्डू र दराजबीच सम्झौता भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २०% सम्म छुट पाउने भएका छन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहक ग्राहकहरुल आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।
बैंकको कार्डबाहक ग्राहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइनमार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु.२,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु.२,५०० सम्म छुटको पाउनेछन् । दशैं धमाका योजनामा बैंकको कार्डबाहक ग्राहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकि सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्