×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडद्धारा नयाँ योजना सार्वजनिक, सामसुङको सामानहरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिने

GLOBAL IME BANK
SHREE KESH

बैंक अफ काठमाण्डू लिमिटेडद्धारा नयाँ योजना सार्वजनिक, सामसुङको सामानहरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिने

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहक ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको Smartphone, Smart Watch  तथा Tablets हरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । पर्वको बहार, BOK को उपहार भन्ने मुलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहकहरुले सजिलोसँग सामसुङ ब्राण्डका Smartphone, Smart Watch  तथा Smartphone, Smart Watch Tablets हरु बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लिबीच बैंक क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सामसुङको Smartphone, Smart Watch तथा  Tablets  हरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो ।

यस योजनाको लागि ग्राहकहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् । यस सरल किस्ताबन्दी योजनामा ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरको सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउनेछन् । नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल काठमाडौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ ।  बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकि सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: