काठमाडौँ । प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दुई करोड रुपैयाँ जरिवाना तथा कैद सजाय पाएका काठमाडौं बुढानिलकण्ठ घर भई बारा सिमरा उपमहानगर बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँग समन्वय गरी शनिबार पक्राउ गरी काठमाडौं ल्याएको महाशाखाले जनाएको छ । उनीविरूद्ध बैंकिङ कसुरमा तीन वटा मुद्दाको सजाय बेरूजु छन् । पहिलो मुद्दामा उनीविरूद्ध रवीन्द्र थापाको जाहेरी दिएका थिए ।
सो मुद्दामा गत मंसिर २२ गते उच्च अदालत पाटनले कृष्णबहादुर थापालाई एक करोड २५ लाख रुपैयाँ जरिवाना र १७ दिन कैद सजाय सुनाएको थियो। अर्को मुद्दाको जाहेरी पनि थापाले नै दिएका थिए। सो मुद्दामा उच्च अदालत पाटनले ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय सुनाएको महाशाखाले जनाएको छ।
तेस्रो मुद्दामा कृष्णबहादुरविरूद्ध राजन श्रेष्ठले बैंकिङ कसुरको मुद्दामा जाहेरी दिएका थिए । २०७३ माघ ६ गते काठमाडौं जिल्ला अदालतले १७ लाख रुपैयाँ भरपाई गराउने र त्यसको ब्याजसमेतको बिगो दाखिला गर्न आदेश दिएको थियो। तर उनी फरार थिए । त्यसपछि काठमाडौं जिल्ला अदालतले २०७५ असार १९ गते एक वर्ष कैद सजाय सुनाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्