काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं.-१२ सिमपानी घर भई हाल काठमाडौं वडा नं.१६ माछापोखरी बस्ने वर्ष ५६ वर्षीय शिवराम गजुरेल सो कसुरमा पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७८/०३/२८ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ (सात) दिन कैद र १३ लाख पचास हजार जरिवाना सुनाएको थियो ।
उनलाई बालाजु शेषमतीपुलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्