काठमाडौं । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०-२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा गरेको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् घोषणा गर्ने गरिन्छ । वर्ष २०२०-२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका चर्चित कवि बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले समेत पाउने भएको छ । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ ।
प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ । कलिंग लिटररी फेस्टिबल(केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको शहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ । स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ । कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले कलिंग लिटरेरी फेस्टिवलमा साहित्यकार, कलाकार, पाठक तथा अन्य कैयन सफल व्यक्तिहरुबाट कैयन नयाँ अनुभव प्राप्त हुन्छ ।
महोत्सवमा लेखक, शिक्षाविद, नीति निर्माता, साहित्यिक, सांस्कृतिक व्यक्तित्व, सरकारी अधिकारी, राजनीतिक तथा सामाजिक कार्यकर्ता, कानून निर्माता, कर्पोरेट जगतका हस्तीहरु, आद्यात्मिक विचारक तथा विद्यार्थी समेतको सहभागिता रहने जानकारी दिए । उनका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो । पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरुले पुस्तकहरुको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्धानहरु समेत सहभागी हुने गर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्