×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केटीएम इन्टरनेशनल ट्रेडिङले ल्यायो दशैं, तिहार र छठ लक्षित थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर, तीन पटकसम्म १/१ लाख जित्न सकिने

GLOBAL IME BANK
SHREE KESH

केटीएम इन्टरनेशनल ट्रेडिङले ल्यायो दशैं, तिहार र छठ लक्षित थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर, तीन पटकसम्म १/१ लाख जित्न सकिने

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ । यस अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिनेछ । पहिलो ई-डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिनेछ ।

मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्नेछन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ । त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिनेछ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: