×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ४ जना निर्विरोध निर्वाचित

GLOBAL IME BANK
SHREE KESH

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ४ जना निर्विरोध निर्वाचित

३१ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले भाद्र ३० गते केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । फाइनान्सको सम्पन्न साधारणसभाले आव २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।

फाइनान्सको यस साधारणसभाबाट संस्थापक सेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण सेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् । कमलादी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुँजी रु.८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले १४ वटा शाखाबाट आफ्ना ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: