×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजस्व कार्यालय भरतपुरमा उठेन ५० करोड हाराहारी बक्यौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आन्तरिक राजस्व कार्यालय भरतपुरमा उठेन ५० करोड हाराहारी बक्यौता

Artha Sarokar

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५० करोड हाराहारी बक्यौता उठ्न सकेको छैन । मूल्य अभिवद्धि कर र आयकर गरी ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो ।

कार्यालयले दिएको जानकारीअनुसार मूल्य अभिवृद्धि करतर्फ २५ करोड ८१ लाख र आयकरतर्फ २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन जना करदाताको एक करोडभन्दा बढी बक्यौता छ ।

मूल्य अभिवृद्धि करतर्फ सी डब्लुएफ ग्लोबल जेभी, एनएन कोई विल्डर्स र इनाम आशिष जेभीको बक्यौता एक करोडभन्दा माथि छ । आयकरतर्फ एनएन कोई विल्डर्स र जिल्ला सहकारी सङ्घको बक्यौता रु एक करोडभन्दा माथि छ ।- रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी