×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगाना निलम्बन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगाना निलम्बन !

Artha Sarokar

१६ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । मन्त्रीपरिषदको निर्णयअनुसार ढुंगानालाई निलम्बन गरेर सछानबिन गर्न ३ सदस्यीय समिति बनाइएको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन् । समितिले ढुंगानाको संलग्नताबारे छानबिन गर्नेछ ।
योसंगै अव अदालत जाने ढुंगानाको अदालत जाने बाटो पनि बन्द भएको छ ।
छानविन समितिले ढुंगानाले गरेको कामबारे छानविन गरी त्यसको प्रतिवेदन मन्त्रीपरिषदमा बुझाउनेछ । र मन्त्रीपरिषदले अन्तत सो प्रतिवेदनका आधारमा ढुंगानालाई बर्खास्त गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
तर ढुंगानाले गरेको बदमासी छताछुल्ल भईसकेको अवस्थामा सो समितिले पनि ढुंगानालाई दोषी देखाउने र ढुंगाना पदबाट हट्ने लगभग निश्चित छ ।
यता ढुंगानाले भने आफ्नो पद जोगाउन राम्रै दौडधुप गरिरहेको बुझिएको छ ।
ढुंगानालाई हटाएर धितोपत्र बोर्डमा कसलाई पठाउनेबारे पनि सरकारले तयारी थालिसकेको बुझिएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी