काठमाडौं । विकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सो कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहिबार नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्