काठमाडौँ । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा आएको छ । यसै साता एक कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो । सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक बिकासमा जोडेर विश्लेषण गरिएको छ । पुस्तकका लेखकमध्ये डा. शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।
पुस्तक लोकार्पण समारोहमा विभिन्न अथितिहरुले नेपाली समाजमा सो पुस्तकको महत्वबारे बोलेका थिए । समारोहमा बोल्दै सो पुस्तकका लेखक डा.शर्माले अहिले चौतर्फी बहस, राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषय नै भएकाले सो पुस्तक लेखन र लोकार्पण सहि समयमा गरिएको प्रष्ट पारे । उनले सो पुस्तकमा बौद्धिक सम्पत्तिसम्बन्धि कानुनलाई सहज र सरल भाषामा प्रस्तुत गरिएकोसमेत बताए । पछिल्लो समय चर्चामा रहेको एमसीसीलाई लिएर पनि बौद्धिक सम्पत्तिको बहस छेडिएकाले सो पुस्तकले बौद्धिक सम्पत्तिको विषयलाई बुझ सजिलो बनाउने दाबीसमेत गरे ।
सो समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पहिलेदेखि नै नीजी क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले नीजी क्षेत्रले उठाएको विषयलाई थप बल पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कुनै पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानूनको बारेमा जान्नुपर्ने बताउँदै उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा चाहाने र सोका लागि बौद्धिक सम्पत्ति कानुनको महत्व निकै धेरै रहेकोसमेत बताएका छन् । उनले सो पुस्तकले लगानीकर्ताहरुलाई बौद्धिक सम्पत्तिका बारेमा बुझ्न थप सहयोग पुर्याउनेसमेत बताएका छन् ।
कार्यकममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशीले सो पुस्तकमा पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्नेबारेमा विस्तृत रुपमा आएकाले यो पुस्तक धेरै नै उपयोगी रहेको बताए । बौद्धिक सम्पत्तिको महत्व बुझे यसबाट उचित लाभ लिन सकिने बताउँदै उनले नीजी क्षेत्र बौद्धिक सम्पत्ति कानुन निर्माणमासमेत लाग्नुपर्ने र यसले लगानीकर्ताको लगानीलाई थप सुरक्षित बनाउन मद्धत पुर्याउनेसमेत बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्ति क्षेत्रमा सो पुस्टक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका उजुरीहरु बढीरहेका बेलामा बौद्धिक सम्पत्ति कानुन बुझाउनका लागि सो पुस्तक निकै नै उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरेका छन् । बौद्धिक सम्पत्ति कानुनलाई राम्रोसँग केलाइएको सो पुस्तक पुस्तक नेपाली र अंग्रेजी भाषामा रहेकाले सबैले सहज रुपमा बुझ्न सक्ने बताउंदै उनले सो पुस्तक बौद्धिक सम्पत्ति कानुन बुझ्न चाहाने जो कोहिलाई पनि उपयोगी हुने बताएका छन् ।
कार्यकममा बोल्दै न्यायधीश अनिल कुमार सिन्हाले सो पुस्तक अहिलेको बौद्धिक सम्पत्ति क्षेत्रका लागि आवश्यक भएको बताए । अहिले संविधानले बौद्धिक सम्पत्तिलाई सम्पत्तिको रुपमा ग्रहण गरेको स्मरण गर्दै उनले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुन बुझ्न चाहाने जो कोहिलाई यो पुस्तक निकै नै उपयोगी हुने बताएका छन् ।
कार्यक्रममा बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष मधुसुदन पौडेल, उद्योग मन्त्रालयका पूर्व सचिव भरत बहादुर थापा लगायतको पनि उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्