×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘Century Remit Premium Account’ सार्वजनिक, आकर्षक व्याजदरको व्यवस्था

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ । रु. १,०००/- न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामाभन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथ-साथै इन्टरनेट बैंकि र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुबिधा लिन सक्नेछन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्नेछ । बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: