×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकले मोबाईल बैंकिङ एप सेञ्चुरी पेबाट आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् । आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाईल बैंकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ । यसका साथै मोबाईल बैंकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ ।

साथै यस सुविधा अन्तर्गत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन् । बैंकले उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: