×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी क्यापिटलको पाँचौं वार्षिक साधारणसभा असोज २४ गते, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेञ्चुरी क्यापिटलको पाँचौं वार्षिक साधारणसभा असोज २४ गते, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

४ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेञ्चुरी क्यापिटलले पाँचौं वार्षिक साधारणसभा असोज २४ गते बोलाएको छ । कम्पनीले सभा आर्यतारा भवन काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले चुक्ता पुँजीको ६.२५०% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्ने भएको छ । नगद लाभांश प्रयोजनका लागि यसले १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा पेस हुनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी