ओखलढुङ्गा । दिगो ग्रुप अफ कम्पनीले सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा नेपाल विद्युत प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगरको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा रोयल बिजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरु, सो क्षेत्रका समाजसेवी तथा यातायात व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । दिगो ग्रुप अन्तर्गतको एन.ई.भि. नेपालका सिइओ दिपक थापाले प्राधिकरण शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवम व्यवसायी तथा होट्याल संचालक रामहरि पौडेलबाट संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन भएको हो ।
अहिले काठमाडौं-सिन्धुली रुटमा दिगोबाट बिक्रि गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन् । डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो । मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ । यात्रुहरुले होटलमा खाना/खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिनेछ । फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ । निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ । दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल हो, जसले विद्युतीय सवारी साधनलाई मुलुकका विभिन्न भागको यात्रा गर्न सक्ने बनाउँछ भने यात्रुले वातावरण मैत्री विद्युतीय सवारी साधनको रेन्जबारे चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्