×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लिमिटेड र ग्रोडेलीबीच सम्झौता, क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक लिमिटेड र ग्रोडेलीबीच सम्झौता, क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआर कोडमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।  हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङमार्फत  खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डको लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: