×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसद्धारा ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक, हरेक दिन १ जना विजेतालाई १० हजार प्रदान गरिने

GLOBAL IME BANK
SHREE KESH

सिटी एक्सप्रेसद्धारा ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक, हरेक दिन १ जना विजेतालाई १० हजार प्रदान गरिने

३१ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने छ साथै हरेक महिना ५ जनालाई रु १/१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: