×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोका-कोला र नेपाल युवा परिषदले गरे युवाहरुलाई आइडिया पिचिंग प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित

GLOBAL IME BANK
SHREE KESH

कोका-कोला र नेपाल युवा परिषदले गरे युवाहरुलाई आइडिया पिचिंग प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका-कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार) ले नेपाल युवा परिषद (नेपाल युथ काउन्सिल) सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागी सीड फन्डींग प्रदान गर्ने भएको छ । यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरुलाई यसको सामाजिक पहल ‘युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ’ अन्तर्गत पुरस्कार प्रदान गर्नेछ ।

सेप्टेम्बर ७, २०२१ मा भाग लिने अन्तिम मिति नजिकिंदै जाँदा, कोका-कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो । सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरु) घोषित गरिनेछ जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुनेछ । इच्छुक युवाहरुले [email protected] मा ईमेल पठाएर वा https://bit.ly/3ADafA8मा गएर फर्म भरेर आफ्नो विचारहरु पेश गर्न सक्नेछन् । कोका-कोलाले २०१८ देखि नेपाल युवा परिषद संग नेतृत्व, उद्यमशीलता, नेटवकिंग र व्यक्तित्व विकास सम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागी सहकार्य गर्दै आइरहेको छ ।

यस प्रकारको पहल र युवाहरुको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्यसँगै यस बर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ । सीड फन्डींग कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टाप्ेस, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसंँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयनित विचारहरुको लागी अगाडि बढाइने छ ।अधिक जानकारीको लागी, इच्छुक उम्मेदवारहरुले नेपाल युवा परिषदको फेसबुक पेजलाई फलो गरेर हेर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: