×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको मुखमा आएर कोरोना संक्रमण बढ्ने खतरा, नाकामा छैन परीक्षण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दशैंको मुखमा आएर कोरोना संक्रमण बढ्ने खतरा, नाकामा छैन परीक्षण

Artha Sarokar

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

अनुसा थापा । नाकामा कोरोनाको परीक्षण भएको छैन, दशैँको मुखमा आएर कोरोना संक्रमणको खतरा बढेको छ । अधिकांश नेपालीको रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्न जान्छन् । मजदूरीको लागि हाम्रै छिमेकी देश भारत जानेको संख्या उत्तिकै बढ्दो  छ । कामको लागि खाडी मुलुक र पढ्नको लागि राम्रो मुलुक जानेको संख्यामा पनि कुनै कमि छैन् । उनीहरु वर्षौ विदेशमा बसेका हुन्छन् ।
काम गरेर कोही आफ्नो समयावधि पुगेपछि फर्कन्छन् । कोही म्याद थपेर उतै बस्छन् । तर उनीहरु दशैँ मनाउनलाई प्लेनमा नेपाल भित्रिरहेको छन् । भारतबाट दशैको लागि नेपाल फर्किनेको लर्को पनि उत्तिकै छ । कुनै पनि राष्ट्रमा कोरोना हटिसकेको छैन् । झन भारतको त कुरै छोडौँ । बाहिरी मुलुकबाट फर्किएकाहरु सिधै आफ्नो घर गइरहेका छन् । छिमेकी देशबाट आएपनि सिधै आफ्नो घर गएका छन् । चाडपर्व आफ्नो घर परिवारसंग मनाउनको लागि धेरै वर्ष आफन्तसंग भेट नभएका मान्छेहरु आफन्तसंग भेट गर्न नेपाल फर्किएका हुन्छन् । तर उनीहरुलाई कोरोना लागेको रहेछ भने उसको परिवारको साथै टोल छिमेकलाई नै कोरोना सर्ने खतरा बढेको हुन्छ। नेपाल सरकारले अन्तराष्ट्रिय एयरपोर्टमा पनि कोरोना परीक्षण गरेको छैन् । नाकाबाट भित्रिनेहरुको पनि कोरोना परीक्षण भएको छैन् ।
स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले कोरोना हटिसक्यो भनेर सार्वजनिक गरेको छैन् । कोरोना संक्रमण छँदैछ भने मृत्यृदरमा पनि कुनै फरक परेको छैन् । उपत्यकाका सिडिओहरुले अझै निषेधाज्ञा हटाएका छैनन् । काठमाडौंबाहेक अन्य जिल्लामा पनि निषेधाज्ञा जारी नै छ । अहिले जनताले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गरेका छैनन् । सरकारले पनि अनुगमनमा खासै चासो दिएको छ जस्तो देखिँदैन् । उपत्यकामा रोजगारीको लागि बसेको सर्वसाधारणहरु दशैँ मनाउनको लागि आफ्नो जन्मथलो फर्किदै छन् । उपत्यका छोड्नेको संख्या प्रत्येक दिन बढिरहेको छ । उपत्यकाबाट बाहिरिने नाकामा गाडी कुरेर बसेको मान्छेहरु उत्तिकै छन् । स्रोह श्राद्ध लागेसंगै गाँउ जाने मान्छे ह्वात्तै बढेको छन् । गाडीहरु पनि भरिभराउ यात्रु बोकेर बाहिर जिल्ला छुटेको छ ।
तर उनीहरुलाई कोरोना लागेको रहेछ भने उसको परिवारलाई सर्छ । उसको टोल छिमेक नै अस्तव्यस्त बन्छ । सरकारले अहिले परीक्षणमा त्यति ध्यान दिएको छैन् । काठमाडौंबाट गएको मान्छे सिधै आफ्नो परिवारसंग घुलमिल हुन्छन् । सरकारले यसलाई ख्याल ख्याल रुपमा लिने हो भने दशैँपछि ह्वात्तै कोरोनाको बिरामी बढ्न सक्छन् । चाडपर्व मनाउने नाममा वा रमाइलो गर्ने नाममा मृत्युको मुखमा हामी पनि नपुगौँ र आफ्नो परिवारलाई पनि नपुगाऔँ । उपत्यकाभन्दा गाँउगाँउमा कोरोना फैलन सक्ने विज्ञहरुको भनाइ छ । अब किनमेलको नाममा भीडभाड सरकारले नियन्त्रण गर्न सक्दैन् । सरकारले लामो रोडको गाडीहरुको टिकट खुलाइसकेको छ । टिकट काट्ने ठाँउमा भीडभाड हुन्छ । गाडी चढ्ने नाका कंलकी, कोटेश्वर, बल्खृ, चाबहिलमा यात्रुहरुको गाडी चढ्नको लागि एकदमै भीडभाड हुन्छ । गाडी चढ्ने यात्रुहरुले मुखमा मास्क लगाएको हुदैँनन् । कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् ।
कोरोना हटिसकेको जसरी गाडीमा चढेका छन् । बाटोमा हिडेको छन्, तर खतरा अझै टरिसकेको छैन् । न व्यापारीले सरकारको मापदण्ड पालना गरेको छ । न यातायात व्यवसायीले पालना गरेको छ । रात्रिकालिन सञ्चालन हुने व्यवसायीहरु रेस्टुरेन्ट, पार्टी प्यालेस र होटलहरु पनि सरकारको मापदण्ड पालना गरेको छैनन् । यी व्यवसायीहरु कसरी हुन्छन् जो कमाउधन्दा तिर लागेको छन् । यसरी सरकारको मापदण्ड पालना नगर्ने व्यवसायीलाई अनुगमन गरि, कारबाही गर्ने, हुँदै भएन भने व्यवसायी नै बन्द गर्ने सर्तमा सञ्चालन गर्न दिएको थियो । तर अहिले उपत्यकाको तीन जिल्लाका सिडिओहरुले अनुगमन गरेको छैनन् । चाडपर्वको बेलामा कोरोना लाग्नेको संख्या झनै आकासिने भएको छ ।
सिडिओहरुले व्यापारीको मिठोमसिनो खाएको होला त्यही भएर सिडिओ चुप लागेर बसेको छ भनेर सर्वसाधारणहरु नै भन्न थालिसकेको छन् । केही दिन अघि व्यापारीहरुले गृहमन्त्रीलाई भेटेर निषेधाज्ञा हटाउनको लागि ज्ञापन पज्ञ बुझाएका थिए । गृहमन्त्रीको आफन्त र गृहमन्त्रीको नजिकको मान्छेहरुले व्यापारीहरुसंग आर्थिक लेनदेनमा भक्तपुर र काठमाडौंका पुरानो सिडिओहरुको सरुवा गर्यो । अहिले नयाँ सिडिओ आइसकेको छन् । निषेधाज्ञा हटाइएको छ । यसको दोष सिडिओलाई दिने कि गृहमन्त्रीलाई ? जनताले दोष दिइरहेको छन् सिडिओलाई । सिडिओको कमीकमजोरीले कोरोना जोखिम हुदाँहुँदै निषेधाज्ञा हटाइएको छ भनेर सर्वसाधारणहरु गुनासो गरिरहेको छन् ।
सिडिओ त एउटा कर्मचारी हो । गृहमन्त्रीले सरुवा गरेको ठाँउमा जानैपर्छ । गृहमन्त्रीले भनेको कृरा मान्नै पर्छ । तर व्यापारीहरुको गृहमन्त्रीसम्म पहुँच रहेछ । व्यापारीहरु देशका मान्यजनहरुसंग यति नजिकिएका रहेछन् । प्रधानमन्त्रीलाई व्यापारीहरुले सिधै भेट्न पाउँछन् । किनकि व्यापारीहरुले राजनितिक पार्टीलाई चन्दा दिन्छन् । व्यापारीहरु भनेको राजनितिक दलको कार्यकर्ता हुन् । व्यापारीहरु नभई राजनितिक दललाई कसले चन्दा दिन्छ । पार्टी कसरी चल्छ ? अहिलेको गृहमन्त्री पटक पटक मन्त्री भएका व्यक्ति हुन् । उनको जनता र राष्ट्र्लाई भन्दा पनि व्यक्तिगत लाभ लिने छवि जनता माझ परेको छ । उनले आफु सत्तामा बस्दा आफ्नो आफन्तलाई ठाँउमा पुर्याएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा यो भन्दा अगाडि चार पटक प्रधानमन्त्री भइसकेको व्यक्ति हुन् । चार पटक प्रधानमन्त्री हुदाँ असक्षम ठहरिएका देउवाले अब पनि केही गर्लान् त ? पदको लागि आफ्नो पार्टी पनि फुटाउने अर्काको पार्टी पनि फुटाउने व्यक्ति नै देउवा हुन् ।
२०६१ सालमा त्यतिबेलाका राजाले जनता र राष्ट्रको लागि असक्षम व्यक्ति भनेर हटाएको प्रधानमन्त्री देउवालाई नै हो । अहिले पाँचौ पटक प्रधानमन्त्री बनेको महिनादिन बितिसक्दा पनि पनि मन्त्रिमण्डल विस्तार गर्न सकेको छैनन् देउवा सरकारले । पुष्पकमल दाहाल र माधव नेपालको सहायताले प्रधानमन्त्री बनेको व्यक्ति हुन् देउवा । भन्छन् नि उचालेको कुकुरले मृग मार्दैन् । देउवा पनि त्यसमै पर्छन् । कसैले उचालेर कुर्सीमा लगेर राखेको प्रधानमन्त्रीले केही गर्न सक्ला भनेर कसैले नसोचे पनि हुन्छ । कोरोनाको बिरामी बढिरहेको छ । सरकारले पुरै निषेधाज्ञा हटाइसकेको छ । अहिले त मान्छेहरुले मास्क लगाउन पनि छोडिसकेको छन् । मास्क नलगाईकन बाटोमा हिड्ने मान्छेलाई प्रहरीले कारबाहीसमेत गरेको देखिदैन् । स्वास्थ्य मन्त्रालयले जनतालाई मास्क लाउनुस् कोरोना अझै छ है भनेर सुचना पनि सार्वजनिक गर्दैन् ।
अर्थ मन्त्रालयले सबैभन्दा बढी बजेट स्वास्थ्य मन्त्रालयलाई दिएको छ । सबै ठाँउको विकासको बजेट कट्टा गरेर अर्थ मन्त्रालयले बजेट पाएको छ । त्यो बजेट सिध्याउनको लागि र कमिशन खानको लागि स्वास्थ्यमन्त्री ज्यान फालेर सामान खरिद गरेको छ । चलाउन नजानेको सामानहरु पनि खरिद गरिरहको छ । अहिलेको स्वास्थ्यमन्त्री व्यापारी हुन् । उनको शिक्षा क्षेत्रमा ठुलो लगानी छ । अन्य क्षेत्रमा पनि उनको लगानी छ । राज्यलाई राजस्व छल्न र जनता ठग्न उनले राम्रो संग जानेको छन् । नेपाली कांग्रेसलाई आर्थिक सहयोग दिएर मनोनित सांसदमा आएको व्यक्ति हुन् । उनी जनताले मतदान गरेर चुनेर सांसद भएर आएको व्यक्ति भने होइनन् । प्रधानमन्त्रीको श्रीमतीको कोटामा स्वास्थ्यमन्त्री भएका हुन् । यिनी स्वास्थ्य मन्त्री हुनेबित्तिकै जनताले पनि विरोध गरेका थिए । नेपाली काग्रेंसको रामचन्द्र पौडेलले पनि विरोध गरेका थिए । जो मान्छेले व्यापार गरेर जनता ठग्छ । राज्यलाई राजस्व छली गर्छ । मजदुरको पसिना चुस्छ । यस्तोलाई देशको माया हुन्छ । यस्तालाई स्वास्थ्यमन्त्री बनाएर के को स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ । केपी ओलीको सरकारले नेपालमा एकजना कोरोनाको बिरामी भेटिने बित्तिकै लकडाउन गरेको थियो ।
प्रधनामन्त्री देउवालाई यत्रो मान्छे मर्दा पनि फरक परेको छैन् । कोरोना नियन्त्रण भइसकेको हो यसको जवाफ सरकारले दिनैपर्छ । अहिले पनि कोरोनाको रोगी प्रत्येक दिन बढिरहेको छ । क्वारेन्टाइन पनि सबै हटाइसकेको छ । दशैँको मुखमा आएर कोरोनाले विकराल रुप नलियोस् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी