काठमाडौं । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो । लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्ड ब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अवार्ड तथा सम्मान मेघेन्द्र प्रकाश गिरीलाई प्रदान गरेका थिए । कम्युनिकेसन एण्ड ब्राण्डिङ क्षेत्रमा गिरीले गरेको विशेष योगदानलाई उच्च कदर गर्दै सो सम्मान गरिएको सिजन मिडियाले जनाएको छ ।
बर्दिया गृहजिल्ला भएका गिरीले एमविए तथा अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा एमएसम्मको अध्ययन पुरा गरेका छन् । एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङ प्रभाव छोड्न सफल उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरुमा जादुयी सिर्जना पस्किएर अब्बल सावित गरिसकेका छन् । ब्रान्डिङका क्षेत्रको आइकनका रुपमा रहेका उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्