×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले ल्यायो दराज दशैं धमाका, उत्कृष्ट ब्रान्डहरुमा थुप्रै डिस्काउण्ट साथै टी भीएस एनटर्क १२५ जित्ने मौका र अन्य अफर

GLOBAL IME BANK
SHREE KESH

दराजले ल्यायो दराज दशैं धमाका, उत्कृष्ट ब्रान्डहरुमा थुप्रै डिस्काउण्ट साथै टी भीएस एनटर्क १२५ जित्ने मौका र अन्य अफर

१० आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले आफ्नो वार्षिकउत्सव अभियान-दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुनेछ र यसमा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ । अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री-पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ । अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेका छन्। अभियानको थप विवरण तल उल्लेख गरिएको छ ।

कार्ड प्रीपेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुनेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व-भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकहरुले एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्नेछन् । साथै आईएमई पे वा ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिईन्छ ।

दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँको माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् : २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिफायर र श्री बालाजी हिराको झुम्का रहेका छन् । स्पष्ट गर्नको लागि एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछन् । भाग लिनको लागि ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्नेछ । यसैगरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छ भने रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् । साथै दराज दशैं धमाकाको ग्राहकहरुले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन्। येति मात्र नभई, ग्राहकहरुले दराज जेम्सको माध्यमबाट भाउचरहरु पनि सजिलै प्राप्त गर्न सक्नेछन् ।

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बिशेष छुट
दशैं धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्। यतिमात्र नभई, ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड-उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्नेछन् ।

‘हामी हाम्रो वार्षिक दशैं धमका अभियान सुरु भएकोमा निकैनै उत्साहित छौं । यसपालीको दशैं धमाकामा हाम्रो ग्राहकहरुको लागि थुप्रै अफर, छुटहरु रहेको छ र हामी आसा गर्छौ कि हाम्रा ग्राहकहरुलाई यो बर्ष अझ धेरै रमाईलो अनुभव हुनेछ। हजारौं विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू,आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं भने दराज जेम्स र दराज लाइभ जस्ता नयाँ विशेषताहरुले ग्राहकहरुको अनुभवलाई अधिक इनामदायी बनाउने छ। हामी धेरै आशावादी छौं कि यो अभियान हाम्रा सबै ग्राहकहरु र विक्रेताहरुको लागी दशैंलाई अजै रोमान्चक बनाउने एउटा सुनौलो अवसर बन्ने छ ।’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भन, ‘दशैं धमका अभियानको बारेमा अधिक जानकारीको लागि कृपया हाम्रो अभियान पृष्ठमा हेर्नुहोसः

https://click.daraz.com.np/e/_6wuvj

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: