काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले २०औं वार्षिक साधारणसभा असोज २३ गते शनिबार बोलाएको हो । उक्त सभा चितवन गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनको बिषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अगाडी नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले यो बिषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएकाले अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि रहेको कम्पनीले जनाएको छ ।
सभामा साधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण असोज ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्