काठमाडौं । विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरु लाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ । अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन गरेको छ ।
२०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नुहुनेछ । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।
लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नुहुनेछ । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्