×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार, छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार, छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दै

Artha Sarokar

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । बिर्तामोडमा डिशहोमले फाइबरनेट सेवा विस्तार गरेको छ । फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका हुन् । झापाका अन्य स्थानहरूमा डीएच फाइबरनेट चाडै पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताएका छन् । डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

काठमाडौ, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यस अघिनै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दै छ । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी