×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघबीच सम्झौता, Oman मा हुने CWC League2, Tri Nations Series को प्रत्यक्ष प्रशारण गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघबीच सम्झौता, Oman मा हुने CWC League2, Tri Nations Series को प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघबीच सम्झौता भएको छ । संघ र डिश मिडियाबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय CWC League2, Tri Nations Series को प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धि उक्त सम्झौता भएको हो । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त CWC League2, Tri Nations Series  का छ वटा Match  हरु यहि मिति २०७८ भाद्र २८ गते देखि असोज ४ गते सम्म हुनेछ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम  GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जस अन्तर्गत हुने खेलहरु निम्न अनुसार हुनेछ।
नेपाल र अमेरिकाबीच भाद्र २८ गते, ओमान र नेपालबीच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिकाबीच असोज १ गते, ओमान र नेपालबीच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुने छ । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४:१५ बजे ओमानको AL Amerat Cricket Stadium, Muscat बाट प्रत्यक्ष प्रशारण हुनेछ ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: