×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा बुधबार, पेस हुँदैछन् यस्ता एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा बुधबार, पेस हुँदैछन् यस्ता एजेन्डा

Artha Sarokar

६ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा आज बुधबार हुँदैछ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा जुममार्फत बिहान ११ बजे सुरु भएको हो । सभामा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि राखिनेछ ।
नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा लगिनेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ भने आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
यस कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ । यस कम्पनीले १०० रुपैयाँ दरमा सो आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी