डोटी । जिल्लाका तीन स्थानीय तहलाई सुन्तला जोन क्षेत्र बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय डडेल्धुरामार्फत बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम गरिने भएको हो ।
सुन्तला जातका फलफूल उत्पादनका सम्भावित क्षेत्र भएको, क्लष्टर मिलेको, क्षेत्र विस्तार गर्ने प्रचुर सम्भावना भएको र पूराना बगैंचा भएका साथै छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सुन्तला उत्पादन क्षेत्रलाई समेटी चालु आर्थिक वर्षदेखि सुन्तला सुपर जोनका रुपमा ती स्थानीय तहलाई अगाडी बढाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख खेमराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बडिकेदारका वडा नं १, २ र ४ को एक सय ५० हेक्टर, जोरायलको वडा नं ३, ५ र ६ को दुई सय हेक्टर तथा बोगटान फुड्सिलका वडा नं १, २, ३, ४, ५ र ७ को एकसय ५० हेक्टर क्षेत्रफललाई यस आर्थिक वर्षमा सुन्तला जोन प्रस्ताव गरी कार्यक्रम अगाडी बढाइने बताइएको छ । जिल्लाका तीन स्थानीय तहमा सुन्तला राम्रो फल्ने गरेको छ ।
बजार अभाव तथा यातायातको समस्याका कारण यहाँ उत्पादित सुन्तला हरेक वर्ष खेर जाने गरेको किसान बताउँछन् । यहाँका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासहित कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजित जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठक एवं आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
यसैगरी सोही कार्यक्रमसँगै कृषि ज्ञान केन्द्रले पनि गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको समिक्षा र यस आर्थिक वर्ष २०७८/७९ मा गरिने कार्यक्रमबारे अभिमुखिकरण गोष्ठी पनि सम्पन्न गरेको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमूख नरेन्द्र पनेरुले गत वर्ष सम्पन्न कार्यक्रम र यस वर्ष सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले किसानका लागि आउने विभिन्न अनुदानका कार्यक्रमबाट वास्तविक किसान लाभान्वित हुन नसकेकाले यसमा सुधार ल्याउनुपर्ने आवश्यकता जानकारी दिनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्