×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशमिडिया नेटवर्कको फाईबर नेट सेवा पोखरामा पनि, नारायण कोइरालाद्धारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशमिडिया नेटवर्कको फाईबर नेट सेवा पोखरामा पनि, नारायण कोइरालाद्धारा उद्घाटन

Artha Sarokar

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ । डिशहोमले भाद्र २३ गते नयाँ बजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्समा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट समुद्घाटन गरेको हो । डिशहोमका तर्फबाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यम का पत्रकारहरु, डिलर दाइ, स्थानीय समाजसेवी, बुद्धिजिविहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाईबर नेटको औचित्यबारे प्रस्ट पारेका थिए । उनले भने ‘डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती सुरु भयो । सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० Mbps देखि ग्राहक को रोजाइ अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ ।’

सहरी एरियामा सुरु गरेको डिशहोम फाईबर नेट आफ्नो सेवालार्इ ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराए । डिशहोम फाईबर नेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए । यससँगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिशहोम, डिशहोम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी