काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले सोमबार महासंघको सचिवालय टेकूमा भेट गरेका हुन् ।भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भएको थियो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा पनि चर्चा भएको थियो ।
छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेसन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसँग छलफल गर्न तयार रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्