काठमाडौं । एफएनसिसिआईका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्री सम्बन्धि सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको हुँदा सो सम्झौता खुलाउन माग गरेका हुन् ।
नेपाल पोल एशोसिएशनको ८औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बौं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको भन्दै नेपाल सरकारका सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बसन्ध सरकारको नयाँ नीतिका कारण विद्युतको खपत बढ्न सक्ने भएकाले खपत बढाउने उपायको खोजी गर्न पनि सुझाव दिएका छन् । उनले ऊर्जा क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै परिणाम निकाल्न आफूहरु तयार रहेको पनि बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्