×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोनपे डाइरेक्टमार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम १० रूपैयाँमै पठाउन सकिने

GLOBAL IME BANK
SHREE KESH

फोनपे डाइरेक्टमार्फत कुनैपनि बैंकमा २ लाख रूपैयाँसम्मको रकम १० रूपैयाँमै पठाउन सकिने

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र शेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्टमार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: