गलकोट । सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसान दीर्घकालीनरूपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला-६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताए । चौधवटा सहकारीमा किसानले ल्याएको दूधलाई पुनः एकमुष्ट सङ्कलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आवमा मात्रै किसानबाट पाँच करोड बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए ।
“किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो”, अध्यक्ष गौतमले भने, “किसान बिचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा पुर्याउने काम गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको दुई हजार ५०० लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ ।” दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताए । उनका अनुसार सहकारीले आव २०७७/७८ मा मात्रै किसानलाई पाँच करोड बढी दूध खरिदवापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घसमेत रु ६० लाख खुद बचत गर्न सफल भएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्