×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थाले गर्यो थप ३ वटा नयाँ शाखा संचालन

GLOBAL IME BANK
SHREE KESH

गणपति लघुवित्त वित्तीय संस्थाले गर्यो थप ३ वटा नयाँ शाखा संचालन

१ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु बिस्तार गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीया संस्थाले प्रदेश नं. १ अन्तर्गत मोरङ्ग जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा ३ वटा नयाँ शाखा कार्यालयहरु आज अर्थात आश्विन १ गतेबाट संचालनमा ल्याएको छ ।

साथै संस्थाले निकट भविष्यमा थप ४ वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ । २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको शाखा संख्या ४३ पुगेको छ । २२ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस वित्तीय संस्थाले ग्रामिण क्षेत्रका २९,७४३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

 

 

.

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: