Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पाबीच सम्झौता, सेवा सुविधाहरुमा आकर्षक छुटको व्यवस्था

अर्थ सरोकार

काठमाडौं । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK