×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : आकस्मिक बैठक भन्दै गभर्नरलाई अर्थ मन्त्रालय बोलाइयो, फिर्ता होला त १२ करोडको ऋण सिमा ?

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीलाई सोमबार विहानै अर्थ मन्त्रालय बोलाइएको छ । १२ करोडको ऋण नीतिले सेयर बजारमा पहिरो गएको भन्ने ब्रिफिङ सुनेपछि अर्थ मन्त्री जनार्दन शर्माले अधिकारीलाई यस विषयमा कुरा गर्न ‘आकस्मिक बैठक’ भन्दै मन्त्रालय बोलाएका छन् । स्रोतका अनुसार आइतबार बेलुकी फोन गरी गभर्नरलाई सोमबार विहानै भेट्नेगरी शर्माले मन्त्रालय बोलाएका हुन् । सोमबार नै लगानीकर्ताले राष्ट्र बैंक घेराउको कार्यक्रम राखेका छन् ।

नेपाल राष्ट्र बैंकले एक बैंकबाट ४ करोड र सबैबाट गरी १२ करोडको ऋण सिमा तोकिएदिएपछि यसको कतै बिरोध र कतै समर्थन भईरहेको छ । राष्ट्र बैंकको यो नीतिले बजार तल झरेको भन्दै एकातर्फ लगानीकर्ताहरु रुष्ट बनेका छन् भने अर्कोतर्फ यो निर्णय सहि भन्दै केहि लगानीकर्ताहरुले राष्ट्र बैंकको समर्थन गरिरहेका छन् । सोमबार लगानीकर्ताहरु राष्ट्र बैंक घेर्न पुग्ने बुझिएको छ ।

लगानीकर्ताहरुको मागलाई तत्काल सम्बोधन गर्न भन्दै शर्माले प्रक्रिया थालेको बुझिएको छ भने गभर्नर अधिकारी भने कुनै हालतमा आफ्नो निर्णयबाट नहट्ने बताईरहेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: