×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्सको स्थगित २६औं वार्षिक साधारणसभा असोज १८ गते हुने, लगानीकर्तालाई लाभांश भने वितरण नगरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गोर्खाज फाइनान्सको स्थगित २६औं वार्षिक साधारणसभा असोज १८ गते हुने, लगानीकर्तालाई लाभांश भने वितरण नगरिने

Artha Sarokar

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गोर्खाज फाइनान्सको स्थगित २६औं वार्षिक साधारणसभा असोज १८ गते हुने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सभा होटल क्राउन इम्पेरियल, सोल्टीमोड मा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको हो । कम्पनीले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । त्यसैले सभामा सो एजेन्डा पनि पेस नहुने भएको छ ।
यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनुका साथै आर्थिक वर्ष २०७५/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । सभाका लागि कम्पनीले असोज १० गतेबाट १८ गतेसम्म बुक क्लोज गर्नेछ ।  जस अनुसार असोज ९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग उपस्थित हुन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी